Saturday, September 21, 2024

मध्य र पूर्वी पहाडमा वर्षाको सम्भावना

काठमाडौँ–मौसम पूर्वानुमान महाशाखाले अरब सागरको पूर्वी-मध्य भागमा विकसित भएको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको प्रभावका कारणले नेपालको मौसममा बदली आएको जनाएको छ।

महाशाखाले सोमबार मौसम पूर्वानुमान बुलेटिन जारी गरी मध्य र पूर्वी पहाडका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

मङ्गलवार
दिउँसो : देशका मध्य तथा पूर्वी भू भागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहनुका साथै मध्य र पूर्वी पहाडका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।

राती :देशका मध्य तथा पूर्वी भू भागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू-भागमा आंशिक बदली रहनुका साथै मध्य र पूर्वी पहाडका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार