Saturday, September 21, 2024

मध्य तथा पूर्वी हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौँ–मौसम पूर्वानुमान महाशाखाले मध्य तथा पूर्वी हिमाली भू भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।

महाशाखाले हाल देशको पश्चिमी भेगका केही स्थानमा मौसम सामान्यतया सफा रहेतापनि बाँकी भागमा भने सामान्य बदली रहने जनाएको छ।

सोमबार
दिउँसो :देशको मध्य तथा पूर्वी भू भागमा सामान्य बदली रहने तथा पश्चिमी भूभागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वका थोरै स्थानहरूमा र पश्चिमका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना महाशाखाले जनाएको छ। मध्य तथा पूर्वी हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखा आइतबार जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ।

राती :देशका मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशको मध्य तथा पूर्वी पहाडी भूभागका थोरै र पश्चिमी पहाडी भूभागका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार