Monday, April 21, 2025

सरकारी मूल्य निर्धारण नभएसम्म किसानलाई धान बिक्री नगर्न आग्रह

कैलाली–खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीले किसानलाई धान विक्री नगर्न आग्रह गरेको छ। सरकारले अझैसम्म धानको मूल्य निर्धारण नगरेको हुँदा तत्काल धान विक्री गर्दा किसानलाई मर्का पर्ने भन्दै धान बिक्री नगर्न कम्पनीले आग्रह गरिएको हो।

नेपाल सरकारले धानको मूल्य नतोकेका कारण प्रदेशमा सरकारी मूल्य निर्धारणमा ढिलाइ भएको लिमिटेडले जनाएको छ।

किसानले सरकारले मूल्य निर्धारण गर्न ढिलाइ गरेको भन्दै धान बिक्री गर्न थालेका छन्। प्रत्येक वर्ष किसान धान विक्री गरेपछि मात्र सरकारले मूल्य निर्धारण गर्दै आएको छ।

त्यस्तै यो वर्ष मनसुन ढिला सक्रिय भएका कारण धान उत्पादन घट्ने अनुमान गरिएको छ।

सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यो वर्ष धान उत्पादन पाँच प्रतिशतले घट्ने आकलन गरेको छ।

सुदूरपश्चिममा एक लाख ८१ हजार चार सय २४ हेक्टर क्षेत्रफलमा धान रोपाई हुँदै आएको छ। सुदूरपश्चिम प्रदेशमा गत वर्ष पाँच लाख ८४ हजार मेट्रिक टन धान उत्पादन भएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार