Saturday, September 21, 2024

पाटे बाघको छालासहित दुई पक्राउ

काठमाडौँ -महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले पाटे बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले काठमाडौँ महानगरपालिका-२७ ज्याठाबाट दुर्लभ वन्यजन्तु पाटे बाघको छाला २ थानसहित २ जनालाई बिहीबार राति पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-१५ ठुलो भर्‍याङ बस्ने धादिङ सिद्धलेख गाउँपालिका-४ घर भएका २३ वर्षीय शरण थापामगर र काठमाडौँ नागार्जुन स्यूचाटार बस्ने नुवाकोट सूर्यगढी गाउँपालिका-३ घर भएका ४१ वर्षीय राम तामाङ रहेको प्रहरीले बताएको छ।

उक्त ठाउँमा दुर्लभ वन्यजन्तुको छाला सञ्चय गरी बिक्री वितरणको लागि ओसार पसार गरिरहेको सूचनाको आधारमा प्रहरीले बा।४२ प ९८६४ नम्बरको मोटरसाइकललाई जाँच गर्दा प्लास्टिकको बोराभित्र लुकाईराखेको अवस्थामा उक्त छालासहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

ताजा समाचार

सम्बन्धित समाचार