Saturday, September 21, 2024

देशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ–मौसम पूर्वानुमान महाशाखाले पश्चिमबाट आएको पश्चिमी वायुले नेपालको मौसममा आंशिक प्रभाव देखिएको जनाएको छ।

महाशाखाका अनुसार मध्य तथा पूर्वका थोरै स्थानमा र पश्चिमका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आइतबार
दिउँसो :देशभर सामान्यदेखि पूर्ण बदली रही देशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राती: देशभर सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानमा र पश्चिमका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार