Monday, April 21, 2025

गाई काट्ने तीन पक्राउ

धनगढी–गौहत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

धनगढी उप–महानगरपालिका– १४ फुलबारीबाट जिल्ला प्रहरी कार्यालय कैलालीले दुई जना नाबालकसहित तीन जना पक्राउ परेका हो। प्रहरीले ४२ वर्षीय अशोक तामाङ र अन्य दुई जना नाबालक पक्राउ गरेको जनाएको छ।

स्थानीय गीता चौलागाईको गोठमा बाँधेर राखेको गाई राती चोरेर जङ्गलमा लगेर हत्या गरेका थिए। मासु खान उनीहरूले गौहत्या गरेको प्रहरीले जनाएको छ।

उनीहरुविरुद्ध गौहत्यामा मुद्दा दर्ता हुने प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार