Saturday, September 21, 2024

पूर्वी र मध्य पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ–मौसम पूर्वानुमान महाशाखाले पूर्वी र मध्य पहाडी क्षेत्रमा क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली तथा मध्य र पूर्वमा आंशिक बदली रहेको छ।

शनिवार
दिउँसो :देशभरी आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि पहाडी भूभागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राती :देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही पूर्वी र मध्य पहाडी भूभागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले शनिवार जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ।

ताजा समाचार

सम्बन्धित समाचार