Sunday, September 22, 2024

पश्चिमी र पूर्वी पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना,बाँकी क्षेत्रमा मौसम सफा रहने

काठमाडौँ–मौसम पूर्वानुमान महाशाखाले देशको पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको र बाँकी क्षेत्रमा मौसम सफा रहने जनाएको छ।

महाशाखाका अनुसार हाल देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली तथा मध्य र पूर्वको पहाडमा आंशिक बदली भएको र बाँकी भूभागमा सामान्यतया सफा रहेको छ।

शुक्रवार
दिउँसो :देशको पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिक बदली रही पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

राती :महाशाखाका अनुसार देशको पूर्वी भूभाग लगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही पूर्वी पहाडका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

ताजा समाचार

सम्बन्धित समाचार