Sunday, September 22, 2024

यस्तो छ आगामी २४ घण्टाको मौसम

कठमाडौं–मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशको पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सफा रहेने जनाएको छ।

महाशाखाले बिहानीको समयमा हुस्सु र कुहिरोका कारण हवाई तथा सडक यातायातमा सामान्य अवरोध आउन सक्ने बताएको छ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ।

बुधवार
दिउँसो :देशको पहाडी भूभागमा आंशिक बदली रही अपराह्न पछि पहाडी भूभागका थोरै स्थानमा क्षणिक वर्षाको सम्भावना रहनुका साथै बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

राती :देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

ताजा समाचार

सम्बन्धित समाचार