Sunday, September 22, 2024

आजको मौसम :पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौँ–मौसम पूर्वानुमान महाशाखाले देशको पहाडी क्षेत्रमा अपराह्नपछि एक दुई स्थानमा हल्का वर्षा हुने जनाएको छ।

महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ।

सोमबार
दिउँसो :देशको पहाडी भू–भागमा आंशिक बदली रही अपराह्न पछि १/२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

राती :देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले सोमबार जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ।

ताजा समाचार

सम्बन्धित समाचार