Sunday, September 22, 2024

प्लास्टिक झोला प्रयोग गर्नेलाई कारबाही

धनगढी– धनगढी उप–महानगरपालिकाले प्लास्टिक झोला प्रयोग गर्नेलाई कारबाही गर्ने भएको छ।

धनगढी बजारलाई प्लास्टिकरहित बनाउने अभियान अन्तर्गत ग्राहक तथा व्यापारहरूलाई प्लास्टिक झोलाको प्रयोग नगर्ने उप-महानगरपालिकाले अनुरोध गरेको हो।

प्लास्टिक रहित नगर बनाउन उपमहानगरले त्रिनगरस्थित हाटबजारका व्यापारीलगायत ग्राहकहरूलाई अभियानबारे जानकारी गराइसकेको छ ।

उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड, उप–प्रमुख सुशीला मिश्र भट्ट, वातावरण शाखाका कर्मचारी, जिल्ला रेडक्रस सोसाइटी कैलालीका प्रतिनिधि र स्वयंसेवकहरूका साथ हाटबजारमा अभियानका बारेमा जानकारी गराएका हुन्।

प्लास्टिक झोलाको सट्टामा कपडाको झोल बोकेर सहयोग गरिदिनु नगरप्रमुख वडले ग्राहक वर्गमा अनुरोध गरे।

धनगढी उप–महानगरपालिका वातावरण शाखा प्रमुख अशोक अवस्थीले प्लास्टिक प्रयोग नगर्ने प्रचारप्रसार गर्ने, झोल उपलब्ध गराउने बताए। यदि प्रचारप्रसारपछि पनि प्लास्टिक झोलाको पुनः पनि प्रयोग गर्नेलाई कानुनी कारबाही गरिने उनले जानकारी दिए ।

ताजा समाचार

सम्बन्धित समाचार