Sunday, September 22, 2024

जापानमा साठी वर्ष यताकै शक्तिशाली आँधी

काठमाडौँ- जापानमा साठी वर्ष यताकै भीषण वर्षा र टोरनाडो शैलीको शक्तिशाली आँधीका कारण धेरै भुभाग प्रभावित भएको छ ।

यतिवेला सो भिषण आँधी पूर्वी तटिय क्षेत्रतर्फ अगाडी बढेको विविसीले उल्लेख गरेको छ । आँधी र अविरल वर्षाका कारण आएको बाढी र पहिरोको जोखिममा रहेका झण्डै ७० लाख मानिसलाई उनीहरुको घर छाड्न भनिएको छ ।

रेल सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ र हवाई उठानहरु बन्द गरिएको छ । केही व्यक्तिको मृत्यु समेत भएको विविसिले उल्लेख गरेको छ । राजधानी टोकियो शहरका विभिन्न स्थानमा विद्युत अवरुद्ध भएको छ । त्यहाँको मौसम विभागले आइतबारसम्म पानी पर्ने जनाएको छ । अहिलेसम्म चार दर्जन व्यक्ति घाइते भएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार