Sunday, September 22, 2024

सि काठमाडौँमा, रेल र सडक सञ्जाल प्रमुख प्राथमिकता

काठमाडौँ– नेपालको दुई दिने राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङ काठमाडौँ आईपुगेका छन् । दुई दिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक शिखर वार्ता गरेर सि एयर चाइन हुँदै काठमाडौं आईपुगेका हुन् ।
सि लाई काठमाडौं विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नु भएको थियो ।

विमानस्थलमा सि को स्वागतका लागि मन्त्रीपरिषदका सदस्य, संवैधानिक अंगका प्रमुख तथा राजनीतिक दलका नेताहरु उपस्थित थिए । विमानस्थलमा नै प्रधानमन्त्री केपी ओलीसँगको सक्षिप्त भेटवार्तापछि राष्ट्रपति सि सोल्टी होटल पुगेका छन् ।

आज साँझ सि को सम्मानमा सोही होटलमा नै राष्ट्रपति भण्डारीले रात्री भोजको आयोजना गर्ने कार्यक्रम छ । आजै विपक्षी नेपाली काँङग्रेसका सभापति शेरवहादुर देउवाले सिसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । सि को भ्रमण विशेषगरी विकासका परियोजनाहरुको बारेमा वृहत छलफल हुने र केही विषयहरुमा समझदारी हुने कार्यक्रम रहेको छ । विशेषत काठमाडौं–केरुङ रेलमार्ग निर्माणको विषय यतिवेला निकै चर्चामा रहेको छ । सो रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन चीनले गरिसकेको छ ।

सो अध्ययन अनुसार जटिल भु–वनोटका कारण सो रुटमा रेलमार्ग निर्माण कार्य निकै कठिन भएको र त्यसका लागि नयाँ प्रविधीको आवश्यकता पर्नेछ । चीनले भने नयाँ प्रविधीको विकास गरेर भएपनि रेलमार्ग निर्माण गर्न सकिने बताएको छ ।

तर, रेल निर्माणका लागि चीनले कति अनुदान दिने, कति श्रण लिने भन्ने विषयमा भने यकिन सहमति भईसकेको छैन् । चीनले रेलमार्ग निर्माणका लागि नेपालले पनि केही लगानी गर्नुपर्ने प्रस्ताव गरेको छ । सो भ्रमणको क्रममा सम्भाव्यता अध्ययनको विषयमा भ्रमणको समयमा सहमति हुने सम्भावना छ ।

अर्काे विषय चीनसँगको भौतिक सम्पर्क विस्तारका लागि नयाँ सडकको निर्माण र अहिले संचालनमा रहेका सडकहरुको स्तरन्नोत्ती अर्काे महत्वपूर्ण एजेण्डा हो । कोदारी राजमार्गको विस्तार र रसुवागढी सडक विस्तार अर्काे एजेण्डा हो । जटिल भुगोलका कारण यातायात क्षेत्रमा देखिएका समस्याहरु हटाउनको लागि सुरुङमार्ग निर्माण अर्काे एजेण्डा बनेको छ।

त्यस वाहेक ट्रान्समिसन लाइन निर्माण र नयाँ जलविद्युत आयोजनाहरुको निर्माण अर्काे महत्वपूर्ण एजेण्डा हो । उत्तर दक्षिण जोड्ने विराटनगर किमाथांका कोसी करिडोर, पूर्व पश्चिम रेलमार्ग निर्माण पनि भ्रमणको अर्काे एजेण्डा हो । आइतबार विहान झण्डै एक दर्जनभन्दा बढी परियोजनाहरुमा दुईपक्षिय समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार