Sunday, September 22, 2024

चिनियाँ राष्ट्रपतिको भ्रमणः यस्तो देखियो विमानस्थलदेखि सोल्टी होटलसम्मको दृश्य (फोटो फिचर)

काठमाडौँ– चिनियाँ राष्ट्रपति सि जिनपिङको भ्रमणलाई लक्षित गर्दै त्रिभुवन अन्तर्राष्ट्र्रिय विमानस्थलदेखि सोल्टी होटेलसम्मको सडक मर्मत र सरसफाइ गरिएको छ ।

चिनियाँ राष्ट्रपति शनिबार दुई दिने राजकिय भ्रमणको लागि नेपाल आउँदै छन् । उनले प्रयोग गर्ने रुटको खाल्डाखुल्डण्ी पुरिएको छ । सडकमा दायाँ वायाँ रहेका धुलो बढारेर सफा बनाइएको छ ।

सडकका किनारमा रोपिएको बिरुवामा पानी हालिएको छ भने रुख विरुवाको पनि आकार मिलाइएको छ । वर्षाेदेखि उजाड रहेको र धुलो उड्ने तीनकुनेमा रातारात फूल रोपिएको छ ।

विभिन्न ठाउँमा स्वागतद्धार निर्माण गरिएको छ । त्रिभुवन विमानस्थलदेखि चिनियाँ राष्ट्रपति बस्ने सोल्टी होटसम्मको यात्रा गरेर हाकाहाकीकर्मी अमिष रेग्मीले आफ्नो क्यामरामा कैद गरेका तस्वीहरुः

ताजा समाचार

सम्बन्धित समाचार