Sunday, September 22, 2024

मृत अवस्थामा पोथी चितुवा फेला

बाजुरा–खप्तड छेडेदह गाउँपालिका–७ मा एक वयस्क पोथी चितुवा मृत अवस्थामा फेला परेको छ।

खप्तड छेडेदह गाउँपालिका–७ हारणीकखोला सामुदायिक वनमा पोथी चितुवा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

मृत अवस्थामा फेला परेको चितुवाको पोस्ट मार्टमका लागी सदरमुकाम पठाइएको डिभिजन वन कार्यालय बाजुराले बताएको छ।

डिभिजन वन कार्यालयका अनुसार १ सय ९३ सेन्टिमिटर ६८ सेन्टिमिटर उचाइ, लम्बाई भएको चितुवा केही दिन अगाडी मात्र मरेर गन्हाएको अवस्थामा फेला परेको हो।

चितुवाको शरीरमा कुनै घाउ तथा चोटपटक नरहेको र कसैले विषादी प्रयोग गरिएको हुनसक्ने वन कार्यालयले बताएको ।

ताजा समाचार

सम्बन्धित समाचार