Sunday, September 22, 2024

पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौँ–मौसम पूर्वानुमान महाशाखाले तराईका भूभागमा मौसम सामान्यतया सफा रहेको र बाँकी पहाडी भेगको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाले हाल मौसम बङ्गलादेश तथा आसपासका क्षेत्रमा न्यून चापीय प्रणाली रहेको जनाएको छ।

शुक्रवार
दिउँसो :देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली तथा मध्य र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही पहाडी भेगको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहने महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ।

राती :देशको पहाडी भू(भागमा आंशिक बदली रही एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहने छ । बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ महाशाखाले बताएको छ।

ताजा समाचार

सम्बन्धित समाचार