Wednesday, April 23, 2025

दसैँको राति वर्षाको सम्भावना

काठमाडौँ—मंगलबार राति वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विज्ञप्ति जारी गरी पूर्वदेखि पश्चिमसम्मै देशका केही स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको हो।

त्यसमा पनि केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। ‘देशभर आंशिदेखि सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भुभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ,’ विज्ञप्तिमा भनिएको छ। यो वर्षा मनसुनी नभइ पश्चिमि वायुका प्रभावका कारणले हुने जनाइएको छ।

महाशाखाले मंगलबार बेलुका २४ घण्टे चेतावनी जारी गर्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई सामान्य सतर्कता अपनाउन आग्रह गरेको हो।

ताजा समाचार

सम्बन्धित समाचार