Sunday, August 17, 2025

एक अर्कालाई बचाउन खाेज्दा ११ हात्तीले ज्यान दिए

काठमाडाैँ—थाइल्याण्डमा एकअर्कालाई बचाउने क्रममा झरनाबाट खसेर ११ हात्ती मरेका छन्। याे घटना थाइल्याण्डको खाओ याई निकुञ्जमा भएकाे हाे।

THAILAND DNP

गत शनिबार झरनाको पानी पिउन थालेको एउटा बच्चा हात्तीकाे छावा झरनाबाट खस्यो। त्यसपछि उक्त बच्चा हात्तीलाई बचाउने क्रममा अर्काे हात्ती पनि खसेकाे थियाे। यसरी एक अर्काकाे ज्यान जाेगाउने क्रममा खसेर मर्ने हात्तीकाे संख्या ११ पुगेकाे बीबीसीले जनाएकाे छ।

जुन झरनामा यो घटना घट्यो, त्यसलाई स्थानीय भाषामा ‘नरकको झरना’ भनिन्छ र यसअघि पनि यहाँ यस्ता घटना हुँदै आएका छन्।

सन् १९९२ मा आठ ओटा हात्तीको एक समूह यही स्थानमा समाप्त भएका थिए । त्यस समयमा पनि पूरै देशमा यो बारेमा चर्चा भएको थियो। थाइल्याण्डमा झण्डै सात हजार एसियाली हात्ती छन्, जसमध्ये आधाभन्दा कम वनमा खुलारूपमा रहँदै आएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार