चितवनमा गैँडाको आक्रमणबाट एकको मृत्यु

काठमाडाैँ—चितवनमा गैँडाको आक्रमणबाट एक जनाको  ज्यान गएकाे छ। चितवनकाे कालिका नगरपालिका–४ बस्ने ७२ वर्षीय गोरे कुमालको गैँडाको आक्रमणबाट आइतबार बेलुका मृत्यु भएको हो ।

रत्ननगर नगरपालिका–११ स्थित पञ्चकन्या सामुदायिक वनको पिकनिक स्पोटमा निउरो खोज्न गएका कुमाललाई गैँडाले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको र शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ।

ताजा समाचार

सम्बन्धित समाचार