Sunday, September 22, 2024

चितवनमा गैँडाको आक्रमणबाट एकको मृत्यु

काठमाडाैँ—चितवनमा गैँडाको आक्रमणबाट एक जनाको  ज्यान गएकाे छ। चितवनकाे कालिका नगरपालिका–४ बस्ने ७२ वर्षीय गोरे कुमालको गैँडाको आक्रमणबाट आइतबार बेलुका मृत्यु भएको हो ।

रत्ननगर नगरपालिका–११ स्थित पञ्चकन्या सामुदायिक वनको पिकनिक स्पोटमा निउरो खोज्न गएका कुमाललाई गैँडाले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको र शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ।

ताजा समाचार

सम्बन्धित समाचार