Sunday, September 22, 2024

खुलामञ्चको ढलान रोके स्थानीयले

काठमाडौँ—अस्थायी बसपार्क बनाइएको खुलामञ्च ढलान थालिएपछि स्थानीयले रोकेका छन्।

काठमाडौं महानगरपालिकाले दसैंको मौका छोपेर  ढलान थालेपछि आइतबार काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी, सांसद भीमसेनदास प्रधान र वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गीसहितका स्थानीय खुलामञ्च पुगेर ढलान कार्य बन्द गराएका हुन्। स्थानीयले जस्ताको बार समेत भत्काइदिएका छन्।

महानगरपालिकाले पुरानो बसपार्कको जग्गा ‘भ्यु टावर’ बनाउन ठेक्का दिएपछि यहाँ अस्थायी बसपार्क बनाइएको थियो।

यसअघि पनि खुलामञ्चमा ठेकेदार कम्पनीले व्यावसायिक सटर निर्माण गरेर भाडामा दिई अतिक्रमण गरेको थियो। महानगरले त्यो बेला आफूलाई कुनै जानकारी नभएको भन्दै पन्छिएको थियो। चौतर्फी विरोधपछि महानगरले सटरहरू हटाएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार