Sunday, September 22, 2024

कमजाेर बन्याे मनसुन, दसैँमा भारी वर्षा नहुने

काठमाडौँ—मनसुनी प्रणाली कमजोर अवस्थामा रहेकाले एक सातासम्म ठूलाे पानी पर्ने सम्भावना नरहेकाे मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

यसअघि दसैँमा पानी पर्न सक्ने अनुमान रहेकाेमा महाशाखाले विज्ञप्ति निकालेर मनसुनी प्रणाली कमजोर बनेकाले ठूलो वर्षाको सम्भावना नरहेको उल्लेख गरेको हाे। महाशाखाले भनेकाे छ, ‘केही भागमा मौसम सामान्य बदली हुने भए पनि धेरै भागको मौसम सफा हुनेछ। यस वर्षको दसैँमा मौसमी गतिविधिले सर्वसाधारणमा खासै प्रभाव नपर्ने देखिन्छ।’

मनसुनको प्रभाव कम परे पनि महाशाखाले मनसुन सकिएको घोषणा भने गरेको छैन। केही वर्षयता मनसुन ढिलो सुरु भएर ढिलै सकिने गरेको वरिष्ठ मौसमविद् बरुण पौडेलले जानकारी दिए।

नेपालमा मनसुन प्रवेश गर्ने औसत समय जुन १० मानिन्छ भने सामान्यतया सेप्टेम्बर २३ सम्म मनसुन कायम रहन्छ।याे वर्ष नेपालमा मनसुन १० दिन ढिला अर्थात् जुन २० मा प्रवेश गरेको थियो।

सेप्टेम्बर २३ सम्म मनसुनी प्रभाव रहने भए पनि अक्टोबर दोस्रो सातासम्मै मनसुनको कमजोर अवस्था रहने गरेको छ। गत वर्ष पनि अगस्ट ८ मा मनसुन बाहिरिएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार