Sunday, September 22, 2024

दशैँमा तीन दिन नि:शुल्क बस सञ्चालन गर्दै प्रहरी

काठमाडौँ-विजया दशमी २०७६ को अवसरमा नागरिक सहजताका भनेर प्रहरीले काठमाडाैँ उपत्यकामा नि:शुल्क बस सेवा सञ्चालन गर्ने भएकाे छ।  असोज १९, २० र २१ गते २ रुटमा नि:शुल्क बस सेवा सञ्चालन गरिन लागिएकाे हाे।

 नि:शुल्क बस सेवा अन्तर्गत रुट नम्बर १ मा नक्साल, पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, नागस्थान, रत्नपार्क र दरबारमार्ग हुँदै पुन: नक्साल फिर्ता हुनेछ।

त्यस्तै रुट नम्बर २ मा संचालन गरिने बस नक्साल, मैतिदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माईतीघर, त्रिपुरेश्वर, नागस्थान, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक, बालुवाटार हुँदै पुन: नक्साल फिर्ता हुने छ ।

नागरिकलाई आवागमनमा सजिलोका लागि विजय दशमीको अष्टमी, नवमी र दशमीका दिन संचालन गरिएका दुई वटै रुटका बसहरुले बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म तोकिएको रुटमा निरन्तर सेवा प्रदान गर्ने प्रहरीले जनाएकाे छ।

ताजा समाचार

सम्बन्धित समाचार