Sunday, September 22, 2024

‘भारत–पाक परमाणु युद्ध भए जलवायु परिवर्तन भयावह’

काठमाडौँ–भारत र पाकिस्तानबीच परमाणु युद्ध भएमा विश्वभर जलवायु परिवर्तनले भयावह रुप लिन सक्ने एक अध्ययनले देखाएको छ।

साइन्स एड्भान्टेज जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा ती दुई मुलुकबीच सन् २०२५ मा हुने सक्ने परमायु युद्धलाई आधार मानेर साढे १२ करोड मानिसको ज्यान समेत जाने अनुमान गरिएको छ। दुई मुलुकमा संयुक्त रूपमा ४ देखि ५ सयसम्म परिमाणु अस्त्र हुने छ,’ रुट्गर्स विश्वविद्यालयका प्राध्यापक ऐलन रोबोकको सहलेखनमा तयार पारिएको अध्ययनमा भनिएको छ।

उक्त अध्ययन अनुसार परमाणु बमहरू विस्फोट भए १.६ देखि ३.६ करोड टनको खरानी बन्ने छ। त्यस्तो खरानी धुवाँका स–साना कणका रूपमा फैलिने छ र धुवाँको मुस्लो वायुमण्डलको माथिल्लो भागमा पुग्ने छ। धुवाँ साताभित्रै पूरै विश्वमा फैलिन सक्ने र खरानीले सौर्य विकिरणलाई सोस्ने एवं हावालाई अत्यन्तै तातो बनाइदिने चेतावनी दिइएको छ।

फलस्वरुप ‘धुवाँ तीव्र गतिमा आकाशमा फैलिएर विश्वभरि तुवाँलो लाग्ने सक्छ,’ अध्ययनमा भनिएको छ। विश्वभरि हुने वर्षामा १५ देखि ३० प्रतिशतले कमी आएर खडेरी निम्त्याउन सक्ने दाबी पनि गरिएको छ। एजेन्सीकाे सहयाेगमा

ताजा समाचार

सम्बन्धित समाचार