Sunday, September 22, 2024

आजको मौसमःमध्य र पूर्वी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौँ–मौसम पूर्वानुमान महाशाखाले देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल देशको पूर्वी तथा मध्य क्षेत्रमा आंशिकदेखि सामान्य बदली र पश्चिमी क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको छ। पूर्वी तराइको थोरै भू भागका हल्का वर्षा भइरहेको छ।

शनिवार
दिउँसो :देशभरि आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राती :देशको मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा र पश्चिमी भूभागमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले शनिवार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

ताजा समाचार

सम्बन्धित समाचार