Sunday, September 22, 2024

मौसम :हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले देशको मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाले हाल देशको पूर्वी तथा मध्य क्षेत्रमा आंशिकदेखि सामान्य बदली र पश्चिमी क्षेत्रमा आंशिक बदली रहेको साथै पूर्व भू भागका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको जनाएको छ।्र

शुक्रवार
दिउँसो :देशको मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली र पश्चिमी भूभागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको र पश्चिमी भूभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।

राती :देशको मध्य तथा पूर्वी भूभागमा सामान्य बदली तथा पश्चिमी भूभागमा आंशिक बदली रही मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने पश्चिमी भूभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले शुक्रवार जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ।

ताजा समाचार

सम्बन्धित समाचार