Monday, September 23, 2024

दसैँका लागि काठमाडौँ भित्रिए १४ हजार पशु

काठमाडौँ–दसैँका लागि एक हजार ८१ खसीबोकासहित १४ हजार पशु काठमाडौँ उपत्यकामा भित्रिएका छन्।

पशु क्वारेन्टाइन कार्यालयका अनुसार उपत्यकामा १४ हजार ५ सय एक पशु भित्रिएका हुन्।

कार्यालयको तथ्याङ्क अनुसार १ हजार ८१ वटा खसी बोका दाङ, पाल्पा, धादिङ, कैलाली, नवलपरासी र चितवनबाट भित्रिएका हुन्।

त्यस्तै बाँके, बारा, नवलपरासी, नेपालगन्ज र रौतहटबाट ६ सय २५ गोटा राँगा भैँसी, चितवन, नवलपरासी, कैलाली, धादिङ र नुवाकोटबाट ११ हजार ३ सय ७५ गोटा कुखुरा भित्रिएका छन्।९ हजार ८ सय १५ किलो माछा चितवन र कपिलवस्तु भित्रिएको कार्यालयले जनाएको छ।

त्यसैगरी चितवन, पोखरा र धादिङबाट ३ हजार ४० पेटी अण्डा, चितवनबाट हाँस र लौकाट ५ सय र २ सय ५० गोटा र सुर्खेत र मुस्ताङबाट ६ सय ७० गोटा च्याङ्ग्रा भित्रिएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार