Monday, September 23, 2024

मेघ गर्जनसहित चट्याङको सम्भावना

काठमाडौँ–मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै पश्चिमी तथा पूर्वी पहाडी भूभागका १\२ स्थानमा मेघगर्जनसहित चट्याङको सम्भावना रहेको जनाएको छ।

महाशाखाले हाल देशभरी आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागका थोरै स्थानमा वर्षा भइरहेको जनाएको छ।

बुधवार
दिउँसो :देशको पश्चिमी भूभागमा सामान्य बदली, मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानमा साथै मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ। पश्चिमी तथा पूर्वी पहाडी भूभागका १ वा २ स्थानमा मेघ गर्जन चट्याङको सम्भावना समेत महाशाखाले जनाएको छ।

राती :देशभरि आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वका थोरै स्थानहरूमा साथै पश्चिमी पहाडी भूभागका १/२ स्थानमा हल्का वर्षाको सम्भावना छ।

ताजा समाचार

सम्बन्धित समाचार