Monday, September 23, 2024

गाई काटेको अभियोगमा पक्राउ

चितवन -गाई काटेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीले कालिका नगरपालिका ३ जनप्रिय टोल बस्ने ३५ वर्षीय निरमाया तामाङ समेत ३ जनालाई गाई काटेको अभियोगमा मङ्गलवार दिउँसो पक्राउ गरेको जनाएको छ।

उक्त ठाउँमा गाई काटीरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पदमपुरबाट खटिएको प्रहरीले २ सय केजी गाईको मासु र ४ थान चक्कुसहित तामाङलाई पक्राउ गरेको हो । घटनामा संलग्न दुई जना फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ।

ताजा समाचार

सम्बन्धित समाचार