Monday, September 23, 2024

मेघ गर्जन र चट्टयांगसहित वर्षाको सम्भावना

काठमाडौं–मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल देशका पूर्व र मध्य भू–भागमा सामान्यदेखि पूर्णतया बदली रही पूर्वका केहि स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

सोमबार
दिउँसो :देशका पूर्वी र पश्चिमि भू–भागमा आंशिकदेखि सामान्य बदली रही बांकी भू–भागमा आंशिक बदली रहनेछ। पूर्व र मध्यका केहि र पश्चिमका थोरै स्थानहरुमा हल्का वर्षा हुनुका साथै पूर्व र मध्यका एक र दुई स्थानमा मेघगर्जनसहित चट्याङ्गको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राती :देशको पूर्व र मध्य भेगमा आंशिकदेखि सामान्य वदली रही बाँकि भूभागमा आंशिक वदली रहनेछ। पूर्व र मध्यका केहि र पश्चिमका थोरै स्थानहरुमा हल्का वर्षा महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

ताजा समाचार

सम्बन्धित समाचार