Thursday, April 24, 2025

सुदूरपश्चिम प्रदेश :दश लाख जनसङ्ख्या खाद्य अधिकारबाट वञ्चित

धनगढी– सुदूरपश्चिम प्रदेशमा १० लाख जनसङ्ख्या खाद्य अधिकारबाट वञ्चित रहेको एक अध्ययनले देखाएको छ।

याक नेपाल र फियान नेपालले गरेको अध्ययन अनुसार सुदूरपश्चिम प्रदेशमा १० लाख ६० हजार जनसङ्ख्या खाद्य अधिकारबाट वञ्चित छन्।

दलित, मुक्तहलिया, कमैया, राउटे, वादी लगायतका विपन्न समुदाय खाद्य अधिकारबाट वञ्चित भएका याक नेपालले जनाएको छ।

प्रदेशका बैतडी, बझाङ, अछाम, बाजुरा, दार्चुला र डोटीमा बर्सेनि खाद्य अभाव हुँदै आएको नेपालले जनाएको छ।
खाद्यान्न अभावकै कारण प्रदेशका ३६ प्रतिशत बालबालिकामा पुड्कोपन देखिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार