सम्पादकीय
काठमाडौँ – निजगढ विमानस्थल निर्माणको कामले केही गति लिएको छ । लगानी बोर्डले एयरपोर्ट निर्माणका लागि स्विटजरल्याण्डको ज्युरिच एयरपोर्ट इन्टरनेशनलाई छनौट गरेको छ जुन सकारात्मक विकास हो ।
विमानस्थल जसरी पनि निर्माण गर्ने सरकारको तयारी स्वागत योग्य छ किनभने हामीकहाँ अहिले भरपर्दाे अन्तराषर््िट्रय विमानस्थल छैन् । तर फेरि पनि वातावरणीय पक्षलाई भने लत्याएर अगाडी बढ्ने प्रयास भईरहेको छ । वातावरणको विषय केही पनि होइन र यो विकास रोक्ने षडयन्त्र मात्र हो भन्नु चाहिँ आफैँमा खोटपूर्ण सोचाई हो । जलवायु परिवर्तन र तीव्र प्रदूषणका लागि विकसित देशलाई मात्र दोष दिएर बस्ने अवस्था छैन । अहिले हाम्रो अवस्था राम्रो होला, जङ्गलको क्षेत्रफल पनि धेरै नै होला तर हामीले सोच्ने भविष्यका लागि हो, अहिलेका लागि होइन ।
यति मात्र होइन, निजगढ विमानस्थको कुरा गर्दा हामी रुखको संख्यामा मात्र बहश केन्द्रित गरिरहेका छौँ । रुख पनि महत्वपूर्ण हो तर त्योसँगै हामीले ध्यान दिनुपर्ने विषय त्यहाँको जैविक विविधता पनि हो । हामीसँग यति धेरै रुख छन्, त्यसको क्षतिपूर्तीको रूपमा रुख रोप्छौँ, त्यसैले यो खासै विषय होइन भनेर हल्का ढङ्गले सरकारी निकायले लिइरहेको देखिन्छ । यतिसम्म छ कि, कर्मचारीतन्त्रमा रहेका केही व्यक्तिहरू वातावरणको व पनि सुन्न चाहँदैनन् । उनीहरूले वातावरणको विषय उठाउनेलाई विमानस्थल निर्माण हुन नदिने व्यक्ति र संस्थाको रूपमा लिएका छन् ।
अनि कतिपयले विदेशमा विमानस्थल निर्माण भइरहेका छन्, वातावरण विनाश नभई कसरी विमानस्थल निर्माण भयो ? भन्ने कुतर्कसमेत गरिरहेका छन् । वातावरण जोगाउनुपर्छ भन्ने बित्तिकै उत्तेजनामा आउने उच्च सरकारी अधिकारीहरूको सामनासमेत हामीले गरिरहेका छौँ ।
वातावरणविद् र सरकारी निकाय सबैले स्वीकार गरेको विषय के हो भने निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कनमा गम्भीर त्रुटिहरू रहेका छन् । कुनै आयोजनाको प्रतिवेदनलाई कपी पेष्ट गर्ने सम्मका गम्भीर लापरवाही समेत भएका छन् जसलाई सामान्य रुपमा वुझेर आँखा चिम्लने काम भएको छ त्यसैले कुनै पनि योजना अगाडि बढाउनु भन्दा पहिले रिपोर्टमा देखिएका कमजोरीहरूलाई हटाउन आवश्यक छ ।
ती त्रुटिलाई सम्बोधन नगर्ने हो भने भोलि सो प्रतिवेदनको विषयमा अदालतमा समेत मुद्धा दायर हुनसक्छ जसले अप्ठेरो अवस्था सिर्जना गर्नसक्छ । सो प्रतिवेदनको कमजोरीको विषय एउटा भयो, अर्काे एउटा निकाय र व्यक्तिले भनेको विषय मात्र होइन, प्रख्यात वातावरणविद् र विभिन्न संस्थाले सो विमानस्थल निर्माणले त्यहाँको जैविक विविधतामा पार्ने असरका बारेमा चिन्ता व्यक्त गरिरहेका छन् । विशेषत विमानस्थल निर्माणले हातीको आवागमनमा पार्ने असरको बारेमा चिन्ता र चासो व्यक्त भइरहेको छ । त्यसैले सो प्रतिवेदनका बारेमा समीक्षा गर्न सरकार हिचकिचाउनु हुन्न ।
त्यसैले निर्माणको काम अगाडि बढाउनुभन्दा पहिले वातावरणका सवाललाई जसरी पनि सम्बोधन गर्नुपर्छ । यी वातावरणविद्हरू कराउँदै गर्छन्, त्यो उनीहरूको एजेण्डा हो, हामी अगाडि बढ्छौँ भन्ने मानसिकताले गम्भीर समस्या ल्याउनसक्छ । यो विषय आन्तरिक मात्र होइन, अन्तराषर््िट्रय रूपमा नै पेचिलो भनेको छ । प्रधानमन्त्रीको युरोप भ्रमणको समयमा बिबिसिले समेत प्रधानमन्त्रीलाई प्रश्न सोधेको थियो । इआइए प्रतिवेदनमा नै ३० वर्षभन्दा बढी काम गरेका विज्ञहरूले नै यसमा दर्जनौँ त्रुटि देखाएका छन् ।
त्यसैले वातावरण विकासको बाधक होइन, सहयोगी हो भन्ने यथार्थलाई सरकारी निकायले राम्रोसँग आत्मसात गर्न ढिलो भइकेको छ । हामी चाहान्छौँ र आग्रह पनि गर्दछौँ– ‘विकासको काम फटाफट अगाडि बढोस् र संवेदनशील वातावरणीय एजेण्डालाई तिरस्कार गर्ने काम नहोस् ।’ निजगढ विमानस्थल निर्माणको विषय मात्र होइन, हरेक पूर्वाधार निर्माणले वातावरणमा पार्ने असरलाई हामी निकै नजिकबाट नियाली रहेका छौँ ।
त्यसैले पर्यटमन्त्री योगेश भट्टराईलाई हाम्रो विनम्र आग्रह छ– ‘वातावरणको विषयमा उठेका प्रश्नलाई राम्रोसँग सम्बोधन गर्नुहोस् र इआइए प्रतिदेनलाई परिमार्जन गर्नुहोस् ।’ अन्तमाः कुनै परियोजनाको इआइए अन्य परियोजनाको इआइएको कपी गरिएको भन्ने थाहा हँुदाहुदै नैतिक र कानुनी हिसाबले यसकै आधारमा काम अगाडि बढाउन मिल्दैन ।