Monday, September 23, 2024

बाजुराको स्याउ बजारमा

धनगढी–बाजुरामा उत्पादन भएको स्याउले मूल्य नपाएपछि धनगढी ल्याइएको छ।

स्वामी कार्तिक बहुउद्देश्यीय सहकारी संस्थाले एक ट्रक स्याउ धनगढी ल्याएको हो। पहिलो पटक ६० क्वीन्टल स्याउ बाजुराको जुकोटबाट धनगढी ल्याएको संस्थाले जनाएको छ।

बाटोको समस्याका कारण ढुवानी हुन नसकेको स्याउ बारीमै कुहिने गरेको थियो। स्याउ कालिकोट, सुर्खेत हुँदै धनगढी ल्याएको सहकारीले जनाएको छ।

बाजुराको स्वामी कार्तिक गाउँपालिकाको जुकोट र साप्पाटामा उत्पादन हुने स्याउले वर्षीनी बाटो नहुँदा ढुवानीको समस्या खेप्दै आएको छ।

यो वर्ष बारीमै पुगेर कृषि ज्ञान केन्द्रको प्राविधिक टोलीले स्याउको ग्रेडिङ गरेर ढुवानी व्यवस्था मिलाएको थियो। कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोविन्द सिजापतिले बाजुराको जुकोट र साप्पाटाका किसानले दुई सय ३० हेक्टरमा स्याउ लगाए र एक हजार ५० टन स्याउ उत्पादन गरेको बताए। यसैवर्ष बाजुराको स्याउ बारीबाटै एक रुपैयाँमा तीन दाना स्याउ विक्री गरिएको थियो।

सहकारीले एक सय २५ स्याउ काठमाडौँ पठाएको समेत जानकारी दिएको छ। महँगो मूल्यमा भारतीय स्याउ खान बाध्य भएका स्थानीयले आर्गनिक तथा सस्तो बाजुराको स्याउ खरिद गर्दा खुसी भएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार