Tuesday, November 26, 2024

मेघ गर्जनसहित भारी वर्षाको सम्भावना

काठमाडौं–मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाका साथै देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल देशभरी सामान्य बदली रहि पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्का देखि मध्यम खालको भइरहेको र बाँकि भु–भागमा वर्षा हुने संभाबना रहेको छ।

बिहीबार
दिउँसो :देशका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको रहेको महाशाखाले जनाएको छ।

राती :देशका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

ताजा समाचार

सम्बन्धित समाचार