Monday, September 23, 2024

बाघको छालासहित तीन पक्राउ

चितवन- प्रहरीले बाघको छालासहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वुटवल उपमहानगरपालिका–७ ईट्टाभट्टी घर भएका ४३ वर्षीय दिपक भनिने चिरञ्जिवी सेन ठकुरी, पाल्पाको निस्डी गाउँपालिका–२ सहलकोट निवासी ३३ वर्षीय चुमबहादुर राना र वाग्लुङ जिल्ला ढोरपाटन नगरपालिका–९ निवासी २६ वर्षीय हिम साङ्वो गौचन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरुलाई मङ्गलबार बेलुका ७ बजे भरतपुर महानगरपालिका–१ पुलचोक नजिकबाट पक्राउ गरिएको हो ।

बाघको दाँतसहितको छाला तीन थान र ना २४ प २५०९ नम्बरको पल्सर मोटरसाइकल वरामद गरिएको छ प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार