Monday, September 23, 2024

जलवायु परिवर्तनका कारण समुन्द्री सतहमा उल्लेखनिय वृद्धि: अध्ययन

काठमाडौँ– विश्वभर जलवायु परिवर्तनको संकेत र असर अझ तिव्र गतिमा देखिन थालेको एक अध्ययनले देखाएको छ ।

संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्वन्धी सम्मेलनको पूर्व सन्ध्यामा सार्वजनिक गरिएको एक रिपोर्टका अनुसार सन् २०१४ देखि सन् २०१९ को अवधी सबैभन्दा गर्मीको अवधी थियो ।

वल्र्ड मेट्रोलोजिकल अर्गनाइजेसनको डाटा अनुसार गत पाँच वर्षको अवधीमा समुन्दी सतह एकदमै बढीरहेको छ । साथै, कार्बडाइअक्साइडको उत्सर्जन नयाँ उचाईमा पुगेको छ जुन असाध्यै चिन्ताको विषय हो । सो संस्थाले कार्बन कम गर्ने र्प्रयासलाई तत्कालै तिव्र पार्नुपर्ने बताएको छ । यिमध्ये पनि सबैभन्दा चिन्ताको विषय चाहि समुन्दी सतहको वृद्धि हो ।

सन् १९९३ देखि अहिलेसम्म समुन्द्री सतहमा औसतमा ३.२ एमएम प्रत्येक वर्ष वृद्धि भईरहेको थियो तर सन् २०१४ देखि २०१९ सम्म ५ एमएम बढेको पाइएको छ । सन् २००७ देखि २०१६ सम्मको डाटालाई हेर्ने हो भने औसतमा प्रत्येक बर्ष ४ एमएम बढेको पाइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार