Monday, September 23, 2024

भालुको आक्रमणबाट एक घाइते

कैलाली–भालुको आक्रमणबाट एक जना घाइते भएका छन्। डोटी पुर्वीचौकी गाउँपालिका–५ कांडामाण्डौँका ४६ वर्षका काले साउदलाई भालुको आक्रमण गर्दा गम्भीर घाइते भएका हुन्।

शनिवार दिउँसो बाख्रा चराउन गएका साउदलाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटी जनाएको छ।

साउँदको कान र आँखामा गम्भीर चोट लागेको छ। उनको बयलपाटा अस्पताल अछाममा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार