मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ–मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशका केही स्थानहरूमा मेघ गर्जन र चट्टयांगसहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाले वर्षाका कारण पहाडी भु–भागमा पहिरो जान सक्ने तथा नदीहरूमा पानीको बहाव सामान्य बढ्न सक्ने बताएको छ।

हाल देशका अधिकांश भू–भागहरूमा सामान्य बदली रही केही स्थानहरूमा मेग गर्जनसहित वर्षा भइरहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

आइतबार
दिउँसो :देशभरी सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

राती :देशभरी सामान्य देखि पूर्ण बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्टयांग सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार