Monday, September 23, 2024

काठमाडौंमा पनि ‘क्लाइमेट स्ट्राइक’

काठमाडौं । जलवायु परिवर्तनका कारण उत्पन्न गम्भीर वातावरणिय समस्या समाधानको लागि तत्काल पहल गर्न माग गदै संसारभर लाखौ वालवालिकहरु सडकमा उत्रिएका छन् । विशेषत अष्ट्रेलिया र जर्मनीमा ठूलो भिड देखिएको थियो ।
१४ वर्षिया बालिका ग्रेटा थनवर्गले एक वर्ष पहिले एक्लै शुरु गरेको अभियान यतिवेला संसारभर नै फैलिएको छ ।

थनवर्ग यतिवेला न्यूयोर्कमा छिन र दुई दिनपछि शुरु हुने संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्मेलनमा समेत उनी सहभागी हुनेछिन् । सो अभियानले नेपालमा पनि बिस्तारै गति लिँदै छ । शुक्रबार काठमाडौंको नयाँ बानेश्वर जहाँ पहिला विद्युतिय ट्रली बसको कार्यालय छ, त्यहाँ विद्यार्थीहरु जम्मा भएर प्रर्दशन गरेका छन् । अहिले त्यहाँ यातायात व्यवस्था विभाग रहेको छ । जलवायु परिवर्तनका विभिन्न नाराहरु सहित विद्यार्थीहरु सहभागी भएका थिए ।

संसारभरी नै शुक्रबारको दिन कक्षा कोठा नै वहिष्कार गरेर जलवायु परिवर्तनका विषयहरुलाई हाइलाइट गर्न विद्यार्थीलाई सडकमा ल्याउन उत्प्रेरित गरिएको छ । यसलाई फ्राइडे फर फ्युचर अभियान दिइएको छ, अथवा शुक्रबार भविश्यका लागि अभियान भनिएको छ । सबैभन्दा ठूलो प्रर्दशन न्यूयोर्कमा गर्ने तयारी भईरहेको छ जहाँ १८०० सय विद्यायलहरुले विद्यार्थीलाई सहभागी हुन अनुमति दिएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार