Monday, September 23, 2024

स्क्रब टाइफस :दुईको मृत्यु, १ सय ३८ जना संक्रमित

धनगढी– सुदूरपश्चिम प्रदेशमा १ सय ३८ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ भने दुई जनाको मुत्यु भएको छ।

सामाजिक विकास मन्त्रालयका अनुसार बझाङको वित्थडचिरका २३ वर्षीया सरस्वती सिंह र कैलालीको गेटाका १५ वर्षीय भरत खातीको स्क्रब टाइफसबाट ज्यान गएको छ।

मत्रालयले स्क्रब टाइफसका बिरामी बढिरहेकाले यसको नियन्त्रणमा लागि रहेको बताएको छ।

यो रोग मुसामा पाइने किर्ना जातको किराको टोकाइबाट मानिसमा सर्ने गर्छ। स्क्रब टाइफसका बिरामीमा कडा खाले ज्वरो आउने, मांसपेशी दुख्ने, टाउको दुख्ने लगायतका लक्षण देखिने चिकित्सकहरुको भनाई छ।

बिहीबार साँझसम्म १ सय ३८ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताए।

स्क्रब टाइफसबाट डडेल्धुरामा ५२ जना,कैलालीमा ४२ जना, बैतडीमा २२ जना, डोटीमा छ जना, कञ्चनपुरमा नौ जना, बझाङमा पाँच जना र दार्चुलामा दुईजना प्रभावित छन्।

ताजा समाचार

सम्बन्धित समाचार