Monday, September 23, 2024

नौबिसे-नागढुंगा सडक ‘नो ओभरटेक जोन’

काठमाडौँ– सडक दुर्घटना कम गर्न नौबीसे–नागढुंगा सडक खण्डलाई ‘नो ओभरटेक जोन’ घोषणा गरिएको छ ।

नौबीसे–नागढुंगा सडककोे १५ किमी दुरीलाई ‘नो ओभरटेक जोन’ घोषणा गरिएको हो।

जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी आसमान तामाङको अध्यक्षतामा धुनीबेंसी नगरपालिकामा बसेको सरोकारवालाको बैठकले चाडपर्वमा सवारी जाम कम गर्न सो निर्णय गरेको हो ।

जाम हुन नदिन मालवाहक सवारीलाई दसैँ आउनभन्दा एक हप्ताअघि नै रोक लगाइने निर्णय गरिएको छ । यात्रुलाई सुरक्षित र समयमै गन्तव्यमा पुर्‍याउन १५ किलोमिटरका विभिन्न २४ स्थानमा प्रहरी परिचालन गरिने निर्णय समेत भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार