Monday, September 23, 2024

सीमाक्षेत्रमा वन्यजन्तुको त्रासः समस्या समाधान गर्न प्रदेश सरकारसँग माग

धनगढी– भारतको दुधुवा राष्ट्रिय निकुञ्जका वन्यजन्तुले प्रत्येक वर्ष अन्नबालीमा नोक्सान गर्दै आएको भन्दै समस्या समाधान गर्न स्थानीयले प्रदेश सरकारसँग माग गरेका छन्।

कञ्चनपुरको पुनर्वास नगरपालिकाका स्थानीयले वन्यजन्तुले गर्दै आएको नोक्सानी, डुबान तथा कटान लगायतका समस्या समाधानको माग गर्दै सुदूरपश्चिम प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका हुन्।

स्थानीयले प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहलाई ज्ञापन पत्र बुझाए हुन्।

निकुञ्जबाट आउने हात्तीले सीमा क्षेत्रका नागरिकहरूको अन्नबाली नष्ट पार्दै आएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार