Monday, September 23, 2024

सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा डेंगु

धनगढी–सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा डेंगुको संक्रमण देखिएको छ। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशको बाजुराबाहेकका जिल्लाहरूमा डेंगु देखिएको हो।

कैलालीमा सबैभन्दा बढी डेंगुका बिरामी देखिएको मन्त्रालयले जनाएको छ। कैलालीमा २३ जना, कञ्चनपुर र दार्चुलामा नौ/नौ जना तथा डडेल्धुरामा तीन जनामा डेंगु देखिएको छ।

त्यसैगरी डोटी र अछाममा दुई/दुई जना तथा बैतडी र बझाङमा एक/एक जनामा डेंगुको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। हालसम्म डेंगुबाट एक जनाको मृत्यु भएको मन्त्रालयले बताएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार