Monday, September 23, 2024

खानेपानीको सङ्कट टर्दै

बागलुङ- ‘एक घर, एक धारा’ योजनाले गलकोट नगरपालिका–११ रिघाफेदीमा खानेपानीको सङ्कट टार्ने भएको छ । फेदी छरछरे खानेपानी आयोजनामार्फत रिघाफेदीका ५५ घरधुरीमा स्वच्छ खानेपानी पु¥याउन लागिएको हो ।

आयोजनाको ७० प्रतिशत काम पूरा भएको उपभोक्ता समितिका अध्यक्ष चित्रबहादुर राना कुमालले बताए। “यो वर्ष आयोजना पूरा हुन्छ”, उनले भने, “सबै घरधुरीमा धारा पुग्छ ।” बुहवर्षीय योजनाअन्तर्गत अघिल्लो आवमा शुरु गरिएको आयोजनालाई गण्डकी प्रदेश सरकारले रु ३५ लाख बजेट छुट्याएको थियो । यो वर्ष पनि रु पाँच लाख बजेट विनियोजन गरिएको अध्यक्ष कुमालले बताए।

आयोजनामा अहिले पाइप बिछ्याउने, ट्याङ्की र धारा निर्माणको काम भइरहेको छ । एक घर, एक धाराको सरकारी लक्ष्यअनुसार नै आयोजना सञ्चालन भइरहेको वडाध्यक्ष डम्बर श्रीसले बताए। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत आयोजना निर्माणको काम भइरहेको उनको भनाइ छ । वडा नं ११ मै सञ्चालित झारसादी–मजुवा–अरले–मनेवापाटा खानेपानी आयोजनाले पनि स्थानीय ७० घरधुरी लाभान्वित हुने वडाध्यक्ष श्रीसको भनाइ छ ।

हिउँदमा खानेपानीको सङ्कट झेल्दै आएका ठूलो रिघालगायतका गाउँमा ‘लिफ्टिङ’ प्रविधिबाट खानेपानी पु¥याउने योजना रहेको उनले बताए।वडा नं २ नरेठाँटीमा पनि ‘एक घर, एक धारा’ पु¥याउने लक्ष्यसहित ‘जसपुर–घामपानी–मसरा खानेपानी तथा सरसफाइ आयोजना’ निर्माणाधीन अवस्थामा छ । सङ्घीय सरकारको रु २३ करोड लागतमा बन्ने आयोजनाको सम्पूर्ण काम आगामी सात वर्षमा पूरा हुने जनाइएको छ ।

दुई वर्षअघि शुरु भएको आयोजनामा रु एक करोड बराबरको काम भइसकेको उपभोक्ता समितिले जनाएको छ । उक्त आयोजना बनेपछि नरठाँटीका ६५० घरधुरीमा खानेपानीको सहज पहुँच पुग्नेछ ।रासस

ताजा समाचार

सम्बन्धित समाचार