Monday, September 23, 2024

मध्य,पश्चिम र पूर्व क्षेत्रमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ–मौसम पूर्वानुमान महाशाखाले देशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षा भैरहेको र यो क्रम बुधवार रातीसम्म जारी रहने बताएको छ।

महाशाखाका अनुसार देशका मध्य र पश्चिमका धेरै स्थानहरूमा तथा पूर्वका केही स्थानमा मेघ गर्जन र चट्टयांगसहितको वर्षा हुनेका साथै देशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

वर्षाका कारण पहिरो जान सक्ने तथा नदीहरूमा पानीको बहाव बढ्न सक्ने भएकोले सडक र हवाई यातायातमा अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ।

बुधवार
दिउँसो :देशभरी सामान्यदेखि पूर्ण बदली रही पश्चिम तथा मध्य भूभागका धेरै स्थानमा र बाँकी भूभागका केही स्थानहरूमा मेघ गर्जन र चट्टयांगसहित हल्का देखि मध्यम वर्षा हुने महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। साथै देशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

राती :देशको पश्चिमी तथा मध्यमा सामान्यदेखि पूर्ण बदली र पूर्वी भू–भागमा सामान्य बदली रही मध्य र पश्चिमका धेरै स्थानहरूमा तथा पूर्वका केही स्थानहरूमा मेघ गर्जन र चट्टयांगसहित मध्यम वर्षा हुनेछ। पश्चिमका एक र दुई स्थानमा भारी वर्षाको सम्भावना महाशाखाले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार