साउदी अरब– साउदी अरबको सरकारी स्वामित्वका दुई वटा प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन हमला भएपछि तेल र ग्यास उत्पादनमा कटौती गरिएको छ।
ऊर्जामन्त्री राजकुमार अब्दुल अजिज बिन सलमानले आक्रमणका कारण कच्चा तेल उत्पादनमा प्रतिदिन ५७ लाख ब्यारेल कमी आएको जनाएका छन्।
यो साउदी अधिराज्यले कुल उत्पादन गर्ने परिमाणको झन्डै आधा हो। यमनको हूथी विद्रोहीका प्रवक्ताले आक्रमणका लागि आफूहरूले १० वटा ड्रोन परिचालन गरेको बताएका छन्।
यता अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भने ती ड्रोन यमनबाट हानेको भन्ने कुनै प्रमाण नभएको भन्दै इरानले आक्रमण गरेको आरोप लगाएका छन्।





