आजको मौसम: मेघ गर्जन र चट्टयांगसहित वर्षाको सम्भावना

काठमाडौँ– मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेका कारण आज आइतबार बिहानैदेखि वर्षा भइरहेको छ ।

मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा हुँदा र पुर्वी भाग औसत स्थान भन्दा थोरै उत्तर तर्फ हुनुका साथै भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा एउटा निम्न चापीय प्रणाली अवस्थित भएकाले देशभर सामान्य बर्षा हुने महाशाखाले जनाएको हो ।

आगामी २४ घण्टाका देशका केही स्थानहरूमा मेघ गर्जन र चट्टयांगसहितको वर्षा हुने साथै मध्य तथा पूर्वी भूभागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना भएकोले पहिरो जान सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउनु महाशाखाले आग्रह गरेको छ।

त्यस्तै आगामी तीन दिन (आइतबार, सोमबार र मंगलबार) देशभर आशिंकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार