दैलेख– दैलेखको भगवतीमाई गाउँपालिका–७ खगेनामा चट्याङ लागेर एक हल गोरु र तीन गाईको मृत्यु भएको छ। शनिबार दिउँसो ५ः३० बजे इन्द्रजीत विकको घर नजिकै चट्याङ परेको थियो। घर नजिकै बाँधेका एक हलगोरु र तीन गाईको मृत्यु भएको हो।
घर नजिकै चट्याङ परेकाले इन्द्रजीत विकको घरमा रहेका विककी श्रीमती पवित्रा विक र छोरा दिलीप विक बेहोस बताइएको छ।
घटनाको विस्तृत जानकारीका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ। दैलेखमा लगातार तीन दिनदेखि ठूलो वर्षासँगै चट्याङ परिरहेको छ।





