नेफेजको ३४औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ– नेपाल वातावरण पत्रकार समूह (नेफेज) को ३४औँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ।

वन, वातावरण, जलवायु परिवर्तन न्यूनीकरण र दीगो विकासका क्षेत्रमा काम गर्दै आएको नेफेजले रेडियो सगरमाथा, हाकाहाकी अनलाइन, भिडियो म्याग्जिन आँखीझ्याल, भिडियो कार्यक्रम नयाँ पुस्ता लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै महासचिव निमेष रेग्मीले नेफेजले गरेको काम र प्रयासहरूको बारेमा प्रष्ट पारेका थिए।

पछिल्लो वर्ष नेवापसको राष्ट्रिय र स्थानीय स्तरमा उपस्थिति बढेको उनले बताए। वातावरण संरक्षण विधेयकमा भएका कमीकमजोरी, जलवायू परिवर्तन नीतिका कमजोरीहरूलाई विभिन्न फोरममा उठाइएको जानकारी गराउँदै उनले निजगढ विमानस्थल, वन विधेयक र त्यसमा भएका कमजोरीहरू केलाउने काम भएको जानकारी गराए।

आगामी दिनहरूमा चुरे विनाश, फोहोरमैला व्यवस्थापन, सहरी विकाश, प्रकोप व्यवस्थापनलगायत ठूला आयोजनाहरूमा वातावरणीय प्रभाव न्यूनीकरणका लागि कार्यक्रमहरू सञ्चालन गरिने उनको भनाइ थियो।

साथै महासचिव रेग्मीले प्रस्तुत गरेका प्रतिवेदन सर्वसम्मतिबाट पारित भएको छ।

साधारण सभामा नेफेजका कोषाध्यक्ष सविन शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सो प्रतिवेदन पनि सर्वसम्मतिबाट पारित भएको छ।

त्यसैगरी कार्यक्रममा नेफेजका लेखा समिति संयोजक गोपाल तिवारीले लेखा प्रतिवेदन पेश गरेका थिए ।

यसैगरी, नेफेजले विगत तीन दशकदेखि प्रदान गर्दै आएको ‘वातावरण पत्रकारिता पुरस्कार’ समूहका सदस्य मुकेश पोखरेललाई प्रदान गरेको छ।

समूहले आफ्नो ३४औँ वार्षिक साधारण सभाको अवसरमा शुक्रबार उनलाई पुरस्कार हस्तान्तरण गरेको हो।

त्यसैगरी वर्षको ‘उत्कृष्ट कर्मचारी पुरस्कार’ मोहन केसीलाई प्रदान गरिएको छ। समूहले डा. तीर्थ बहादुर श्रेष्ठलाई मानार्थ सदस्यता प्रदान गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार