काठमाडौँ– कंगोमा बिहीबार रेल दुर्घटना हुँदा ५० जनाको मृत्यु भएको छ। दुर्घटनामा २३ घाइते भएका छन्।
स्थानीय समय अनुसार बिहान ३ बजेतिर ताङगणन्यिक प्रान्तको मायिबारीदीमा रेल दुर्घटना भएको हो।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्न सक्ने इन्डिपेन्डेन्टले जनाएको छ। गत मार्चमा भएको अर्को एक दुर्घटनामा परी कम्तीमा २४ जनाको मृत्यु भएको थियो भने ३१ जना घाइते भएका थिए।





