Monday, September 23, 2024

मध्य र पूर्व क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ–मौसम पूर्वानुमान महाशाखाले देशका केही स्थानहरूमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै पहाडी भु–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहको जनाएको छ।

महाशाखाका अनुसार हाल देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली भई थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

शुक्रवार
दिउँसो :देशभरी सामान्य बदली रही मध्य र पूर्वका केही स्थानहरूमा र पश्चिमका थोरै स्थानहरूमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ साथै मध्य र पूर्वका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।

रातीः देशभरि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशको पहाडी भू–भागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना महाशाखाले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार